निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

 

 

 

उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ ।

 

 

‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ’ उनले भने ।