त्रिचन्द्र क्याम्पसका सम्पदाको संरक्षण र पुन: निर्माण गर्न अखिल (क्रान्तिकारी)को दबाबमूलक कार्यक्रम सम्पन्न

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रन्तिकारी)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक पुराना संरचनाहरूको संरक्षण गर्न क्याम्पस प्रमुखलाइ आग्रह गरहेका छन्। त्रिचन्द्र क्याम्पस इकाई कमिटीले सम्पदाको संरक्षण गर्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजान गरिएको जनाएको छ।

 

 

त्रिचन्द्र क्याम्पसको आफ्नै गरिमा छ, अहिले क्याम्पसको अवस्था अस्तव्यस्त देखेर दयालागेर आउछ। त्यस्तै गगन थापा, चन्द्र भण्डारी,शंकर भण्डारीलगायतका धेरै नेताहरूले पढेको क्याम्पस हो उनिहरू निर्णय गर्ने तहमा पुगे पनि आफुले पढेको क्याम्पसको यो हालत हुँदा समेत उनिहरूलाइ कुनै चिन्ता नभएको देख्दा उनिहरूकै दयालागेको अध्यक्ष हिरिकृष्ण गजुरेलले बताएका छन्।

 

 

उनले भने  ऐतिहासिक संरचना निर्माण गर्न यही क्याम्पसमा पढेर निति निर्माण गर्ने तहमा पुगे पनि कसैले चासो नदेखाएको प्रति गुनासो समेत गरे। तर अब यो संरचना निर्माण नगरे अझै कडा आन्दोलन गर्न इकाई समितिलाइ निर्देशन समेत गरेका छन्।

 

शिक्षा र स्वास्थ्यमा राज्यले निशुल्क गर्नु पर्छ भन्दै आन्दोलन गरिरहेका छौं, तर राज्यले निशुल्क गर्नुकाे सट्टा उल्टै शिक्षा र स्वास्थ्यका माफियाहरूलाइ प्रोत्सान गरि रहेको समेतम अध्यक्ष गजुरेलले आरोप लगाए।

 

 

त्रिचन्द्र क्याम्पसको पुननिर्माण गर्न अखिल (क्रान्तिकारी)ले के सहयोग गर्न सकन्छ त्यसको लागि हाम्रो केन्द्रिय समिति तयार छ। तर क्याम्पस प्रशासनले पुराना संरचनाको पुन निर्माण गर्न आफ्नो दाहित्व पुरा गर्नु पर्नेमा अध्यक्ष गजुरेलले जोड दिए।

 

 

सो कार्यक्रममा अखिल (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष तथा तीन नं प्रदेश संयोजक शिलु न्यौपानेले क्याम्पसका भौतिक सम्पतिको संरक्षण गर्न हामी जस्तो सुकै आन्दलोन गर्न तयार छौं ,यो हाम्रो एउटा सुरूवात हो,हामीले क्याम्पस प्रशासनलाइ पहल गर्न अनुरोध गरि सकेका छौं।

 

 

 

त्यस्तै कार्यक्रममा त्रिचन्द्र क्याम्पसका भौतिक सम्पतिको संरक्षण गर, ऐतिहासिक धरोहराको संरचना निर्माण गर,भत्किएका संरचनाको अभिलम्व पुननिर्माण गर,सम्पदाको संरचना गरौं,अखिल (क्रान्तिकारी) जिन्दावादलगाएतका नारा लगाएर कार्यक्रमको सुरूवात गरिएको थियो।

 

 

उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल,उपाध्यक्ष शिलु न्यौपाने,इकाई अध्यक्ष परेकराज न्यौपाने, उपाध्यक्ष सुस्मिता चापागाईं , जनक जोसी, पुष्पा न्यौपाने, सचिव अनुसा चौधरी, सहसचिव प्रवेश निरौला, आकृति बुढाथोकी , कोषाध्यक्ष जयराम तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।