कटुवा पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं। जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ ।

 

 

प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका ९३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका०७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।

 

 

 

 

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।