नेपालमा थप ३,५५३ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि,थप १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३ हजार ५५३ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८१ नमूनाको परीक्षण गर्दा ३ हजार ५५३ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको जनाएकाे छ। 

 

 

 

आज थप १ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९३ पुगेको छ ।

 

 

 

त्यस्तै आज २७१ जना संक्रमणमुक्त भएका छन्, योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १४ हजार ३४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।