काठमाडौँ उपत्यकामा थप १,९१६ जनामा कोरोना संक्रमण

काठमाडौँ। काठमाडौँ उपत्यकामा थप १ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ जना संक्रमित थपिएका हुन्।

 

 

 

 

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

 

 

यस्तै बिहीबार २७१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ३४० सक्रिय संक्रमित छन्।