नेपालमा थप ५,०८७ जनामा कोरोना संक्रमण पुष्टि,थप ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५६० नमूनाको परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो ।

 

 

 

आज थप  ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

 

 

त्यस्तै आज ३०६ जना संक्रमणमुक्त भएका छन्, योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।