अखिल (क्रान्तिकारी)ले आयोजना गरेको सात दिने नि:शुल्क आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले सात दिने निशुल्क आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम आज सम्पन्न गरेको छ।

 

 

प्रदेश नं. ३ ले आयोजना गरेको तालिम आज सम्पन्न गरिएको अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष तथा तीन नं. प्रदेश संयोजक शिलु न्यौपानेले जानकारी दिनु भयो ।

सो कार्यक्रमको प्रमुख अथिति सीपी गजुरेल हुनुहुन्थ्यो भने विशेष अतिथि अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल रहनुभएको थियो ।

 

 

त्यस्तै अतिथिमा पार्टीका पिविएम तथा तीन नं. प्रदेश इन्चार्ज दिनेश शर्मा (सागर),अर्का पार्टी पिविएम तथा प्रदेश सचिव सुरेश श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

 

सो तालिममा विद्यार्थीहरूको उत्साहजनक सहभागीता रहेको थियो भने विद्यार्थीहरूले यो तालिमबाट धेरै सिकेको र केही गर्न सक्ने उत्साह जागेको समेत प्रतिकृया दिएका थिए।