नेपालमा थप ६,७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,थप ३ जनाको मृत्यु

काठमाडौँ। नेपालमा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२३ पुगेको छ।

 

 

यस्तै सोमबार ५४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ३० हजार ८७७ सक्रिय संक्रमित छन्।

 

 

गत २४ घण्टामा १४ हजार १४ पीसीआर तथा ३ हजार ४५१ एन्टिजेन परीक्षण भएको छ।