विप्लव र प्रचण्डले क्रान्तिकारी धारमा विचलन ल्याए,पार्टी एकता नभई क्रान्तिकारीबीचको ध्रुवीकरण शुरु भयो :मोहन वैद्य

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)मा नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपा र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी,नेपालका दर्जन बढी नेता कार्यकर्ताले पार्टी प्रवेश गरेका छन् ।

 

 

त्यस्तै माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध नेता कार्यकर्ताको क्रान्तिकारी माओवादीमा पुनर्मिलन कार्यक्रममा बोल्दै वैद्यले भने, प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ उस्तै उस्तै भएकाे र क्रान्तिकारी धारमा विचलन ल्याउने काम गरेको टिप्पणी समेत गरेका छन्।

 

 

 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ,मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेल नेतृत्वको नेकपासँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको मोहन वैद्य किरणले बताए । वैद्यले अब पार्टी एकता नभई  क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताए ।

 

 

विप्लव   र गोपालको पार्टीबाट आएका नेताहरुलाई स्वागत गर्दै बैद्यले अघि भने, आज हामीले एउटा छलाङ हान्यौं । क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा उभिन र संसदवादविरुद्ध नयाँ जनवादी क्रान्तिकाे लागि भन्दै उनले पुनर्मिलनमा आउन सबैलाइ आग्रह समेत गरेका छन् ।

 

 

महासचिव वैद्यले भने, आखिरमा विप्लवले जनमतसंग्रहबाट समाजवाद आउँछ भन्नु र प्रचण्डजीले पनि शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्नु उस्तै-उस्तै भएकाे आराेप लगाउनु भयाे। प्रचण्डजी र विप्लवजीमा के फरक छ त अब ? शान्तिपूर्ण तरिकाबाट र निर्वाचन गरेर समाजवाद आउँछ भन्ने कुरा माक्र्सवादमा लागू नहुने वैद्यले बताउनु भयाे।

 

 

त्यस्तै पार्टी प्रवेश गर्नेमा विप्लव नेतृत्वकाे नेकपाबाट घनश्याम श्रेष्ठ पुस्कर नेतृत्वमा र किराँती नेतृत्वको माओवादीबाट विमलको अगुवाईमा एक दर्जन नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश गरेको थिए।

 

 

विप्लव नेकपाले देश र जनताको लागि संघर्ष नभई ब्यक्ति केन्द्रित भई तीन बुँदे सहमति गरेकाले आफूहरु क्रान्तिकारी पार्टीमा ध्रुवीकृत भएको विप्लव नेकपा छाडेका नेता पुस्करले बताए ।