मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं। मधेश प्रदेशले भोलि (मंगलबार) प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो।

 

 

 

मधेश प्रदेश सरकारका प्रबक्ता तथा अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने जानकारी गराएका हुन्। नाम र राजधानी तय भएपछिको खुसीयालीमा बिदा दिइएको उनले बताए।

 

 

 

यस्तै, प्रदेशको नामाकरण र राजधानी तय भएपछि आज दीप प्रज्वलन गरी खुसीयाली पनि मनाइरहेको उनले बताए।