प्रदेश नम्बर १ मा सम्पन्न स्कुलिङ र एक अनुकरणीय अनुभूति

एक चोटि राजनीतिक दिशा निश्चित भएपछि कार्कर्ताहरु निर्णयात्मक तत्व हुन्छन् । अतः योजनाबध्द तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।

 

– माओ त्सेतुङ,राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टोबर २९३८)

 

यही २०७८ पुस २० गतेदेखि २२ गतेसम्म हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) १ नम्बर प्रदेश स्तरीय कार्यकर्ता स्कुलिङ कार्यक्रम उदयपुर जिल्लाको लालपत्तामा एक अनुकरणीय स्कुलिङका रुपमा सम्पन्न भयो ।

 

 

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) १ नम्बर प्रदेश समितिले सञ्चालन गरेको त्यस ऐतिहासिक स्कुलिङ कार्यक्रममा पार्टीको हेडक्वाटर र केन्द्रीय स्कुल विभागबाट खटाइएका केन्द्रीय स्कुल विभागका प्रमुख कमरेड परि थापा , पिविएम तथा केन्द्रीय पार्टी स्कुल विभागका सदस्य कमरेड सिताराम तामाङ , पार्टी पिविएम कमरेड कमल चौधरी र केन्द्रीय पार्टी स्कुल विभागका सचिव म हस्तबहादुर केसी केन्द्रीय प्रशिक्षका रुपमा उपस्थित भएका थियौं भने १ नम्बर प्रदेशभरका ७० जना प्रशिक्षार्थी कमरेडहरु सहभागी हुनुभएको थियो ।

 

 

 

हाम्रो केन्द्रीय पार्टी स्कुल विभागले एउटा कक्षामा अधिक्तम ५० जना र न्युनतम ३० जना प्रशिक्षार्थी सहभागी बनाउने व्यवस्था गरेको छ । तर पार्टी स्कुलिङ भएकोले ७० जना प्रशिक्षार्थी कमरेडहरुको सहभागीता धेरै उपयुुक्त भएको अनुभूति भयो ।

 

 

 

हामी प्रशिक्षक कमरेडहरुले त्यस स्कुलिङ कार्यक्रममा अत्यन्तै मिहिनेत र व्यवस्थित रुपले सहभागी कमरेडहरुलाई पार्टीले ठोस गरेको निश्चित कोर्ष ( पाठ्यक्रम ) का आधारमा अर्थात् दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयहरुमा व्यवस्थित रुपले र योजनाबध्द ढंगले स्कुलिङ गरेका थियौं ।

 

 

 

दर्शनको विषय अन्तर्गत दर्शनको विकासको इतिहास , दर्शनको मौलिक प्रश्न , माक्र्सवादी दर्शन अन्तर्गत माक्र्सवादी – लेनिनवाद – माओवाद भनेकाबारेमा , माक्र्सवादी द्वन्द्ववाद , द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , द्वन्द्ववादका नियमहरु , अन्तर्विरोधका विषयमा र ऐतिहासिक भौतिकवाद , साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शन , उत्तर आधुनिकवाद , उत्तर माक्र्सवाद , नव माक्र्सवाद तथा माक्र्सवादको रक्षा , प्रयोग र विकास एवम् माक्र्सवादको ऐतिहासिक कार्यभारका विषयमा मैले स्कुलिङ गरेको थिएं ।

 

 

 

त्यस्तै कमरेड परि थापाले माक्र्सवादी दर्शन अन्तर्गत माक्र्सवादी द्वन्द्ववादका प्रवर्गहरु र ऐतिहासिक भौतिकवाद अन्तर्गत सामाजिक चेतनाका रुपहरु , वैज्ञानिक समाजवाद र पार्टी ÷ संगठन ÷ अनुशासन र पध्दतिका विषयमा स्कुलिङ गर्नुभएको थियो ।

 

 

 

साथै कमरेड सिताराम तामाङले राजनीतिक अर्थशास्त्र ( माक्र्सवादीय अर्थशास्त्र ) का समग्र विषयहरुमा स्कुलिङ गर्नुभएको थियो भने कमरेड कमल चौधरीले ऐतिहासिक भौतिकवादी दर्शन अन्तर्तग मानव समुदायको विकासको प्रक्रिया र जात विकासको ऐतिहासिक प्रक्रिया र जातीय मुक्ति आन्दोलन र क्रान्तिका विषयमा स्कुलिङ गर्नुभएको थियो ।

 

 

 

त्यस स्कुलिङको समाप्ति पछि मलाई विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङले माथि भन्नुभएको “ एक चोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णयात्मक तत्त्व हुन्छन् ।

 

 

अतः योजनाबध्द तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमय कार्य हो ।भन्ने कोटेशनको महत्वको बारेमा अति ठूलो अनुभूति भयो ।

 

 

किनभने हाम्रो पार्टीले नेपाली क्रान्तिको वर्तमान कार्यनीति “ सशस्त्र जनविद्रोह ” निश्चित गरिसकेकोले पार्टीको राजनीतिक दिशा निश्चित भइसकेको हुनाले हाम्रो पार्टीको काँधमा आइपरेको महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार जुन आएको छ , त्यसलाई पुरा गर्ने साधनका रुपमा असल , इमानदार र क्रान्तिकारी कार्यकर्ताहरुको ठूलो संख्यामा आवश्यकता पर्दछ ।

 

 

आज हामीसित ठूलो संख्यामा कार्यकर्ताहरु क्रियाशील छन् । नयाँ नयाँ कार्यकर्ताहरु पार्टी भित्र सामेल हुने क्रम निरन्तर जारी छ ।

 

 

अन्य कम्युनिस्ट पार्टीहरुबाट नयाँ नयाँ कार्यकर्ताहरु ध्रुवीकरण हुने कुरा पनि निरन्तर रहने कुरा पनि स्वाभाविक हो र केही संख्यामा राजनीतिक – वैचारिक रुपमा विचलित भएर पार्टीबाट बाहिरिने प्रक्रिया पनि निरन्तर रुपमा चल्ने गर्दछ भने बाहिरिने भन्दा पनि भित्रीने संख्या नै बढी रहने कुरा पनि निश्चित हुन्छ ।

 

 

अहिले हाम्रो पार्टी भित्र यो प्रक्रिया जारी छ । हामी महान् नेपाली नयाँ जनवादी क्रान्ति पुरा गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने एक ऐतिहासिक मोडमा पुगेका छौ।

 

 

यस प्रकारको वर्तमान परिस्थितिमा हाम्रो पार्टीका देशभरका हजारौं हजार नयाँ कार्यकर्ताहरुलाई माक्र्सवादका तीन संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयहरुका बारेमा स्कुलिङ गर्नु र दर्शन , सिध्दान्त , विचार आदि विषयहरुमा अर्थात् मालेमावादका आधारभूत विषयहरुमा योजनाबध्द र वैज्ञानिक ढंगले दक्ष तुलाउनु हाम्रो पार्टीको ज्यादै संघर्षमय कार्य हो । वर्तमान अवस्थामा यो कार्यको थालनी हाम्रो पार्टीको १ नम्बर प्रदेशले गरेको मलाई अनुभूति भइरहेको छ ।

 

 

किनभने दुई वर्ष पहिलेदेखि विश्वव्यापी महामारीका रुपमा फैलिएका कारण नेपाली समाज लगायत राजनीतिक क्षेत्रमा पनि ठूलो असर पर्यो ।

 

 

कोभिड १९ द्वारा परेको जोखिमले गर्दा हाम्रो पार्टीले नियमित कार्यक्रमहरु सञ्चालन गर्न ठूलो कठिनाई उत्पन्न भयो , जसका हामीले अन्य गतिविधिका साथै पार्टी स्कुलिङ समेत सञ्चालन गर्न सकिरहेका थिएनौं ।

 

 

अहिले फेरि कोरोना भाइरसको तेस्रो लहर अन्तर्गतको “ ओमिक्रोन ” नाम दिइएको खतर्नाक सरुवा भाइरस देशव्यापी फैलिन लागिरहेकै जटिल अवस्थामा हाम्रो पार्टीको १ नम्बर प्रदेशले प्रदेश स्तरीय कार्यकर्ता स्कुलिङ कार्यक्रम अत्यन्तै व्यवस्थित रुपले सञ्चालन गर्नु कष्टसाध्य कार्य थियो ।

 

 

त्यो कार्य अत्यन्तै कुशलतापूर्ण रुपमा सम्पन्न गरेको विषय हाम्रो पार्टी पंक्ति भित्र अत्यन्तै शिक्षाप्रद र प्रेरणादयक बन्न पुगेको भन्ने कुराको ठूलो अनुभूति मलाई भइरहेको छ ।

 

 

कोभिड १९ ले उत्पन्न गरेको जटिल परिस्थितिका कारण यस २ वर्षको बीचमा हामीले एउटा पनि स्कुलिङको कार्यक्रम सञ्चालन गर्न सकिरहेका थिएनौं ।

 

 

स्थानको छनौट , कार्यक्रम स्थल र स्कुलिङ हलको समुचित व्यवस्थापन , आवास र खानपानको समुचित व्यवस्थापन , ठूलो संख्यामा सहभागी कमरेडहरुको उपस्थिति र व्यवस्थापन , प्रशिक्षकहरुको व्यवस्थापन ,स्कुलिङको समयको उचित व्यवस्थापन , सहभागी कमरेडहरुले पालना गर्नुभएको अनुशासन र पार्टी पध्दतिको पालना आदि पार्टी स्कुलिङका विषय अप्नाउनु पर्ने पार्टी पध्दति र विधिहरु हाम्रो पार्टी र हामीले पार्टी सकुलिङ विभागको तर्फबाट र पार्टी हेडक्वाटरबाट पुरा गरिएको दायित्वबोध विगत हाम्रो पार्टीले सञ्चालन गर्दै आएका पार्टी स्कुलिङका कार्यक्रमहरु भन्दा भिन्न र सुव्यवस्थित र वैज्ञानिक भएकोले यो १ प्रदेश समितिले सञ्चालन गरेको स्कुलिङ हाम्रो पार्टी जीवनमा सबैका लागि शिक्षाप्रद प्रेरणादायी बन्न पुगेको छ र यस स्कुलिङबाट हाम्रो पार्टी पंक्तिले शिक्षाको रुपमा लिन जरुरी हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

 

 

आजको जटिल परिस्थितिमा हाम्रो पार्टी भित्र पार्टी संगठन ÷ मोर्चा संगठनहरु र अन्य साँगठनिक कामलाई कुशलतापूर्वक अगाडि बढाउन , संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाउन , आर्थिक स्कटहरुको सामना गरिरनु परेको अवस्थामा र वैचारिक – राजनीतिक कामहरुलाई व्यवस्थित रुपले सञ्चालन गर्न गंभीर प्रकारका कठिनाईहरुको सामना गररिहेको अवस्थामा पनि हाम्रो पार्टीको १ नम्बर प्रदेश समितिले ३ दिने पार्टी स्कुलिङ एउटा आौपचारपकता निर्वाह गर्ने खालको मात्र नभएर साँच्चिकै रुपमा आफ्नो पार्टीका प्रदेश स्तरका खाँटी तथा क्रान्तिकारी कार्यकर्ताहरुमा स्वाभाविक रुपले भुत्ते बन्दै गएको मालेमावादका आधारभूत सिध्दान्त र विचारको धारमा उद्याउने र उनीहरूको माक्र्सवादी ज्ञानको भण्डारलाई समृद्ध तसलाउने उद्श्येले सञ्चालन गरेको उक्त स्कुलिङ सबैको प्रेरणाको श्रोत बन्न सक्ने गरि सफल हुनुमा हाम्रो पार्टीको १ नम्बर प्रदेश समिति , मातहतका समितिहरु , मोर्चा संगठनहरु र सम्पूर्ण पार्टी पंक्ति अनुशासनबध्द छ , हाम्रो पार्टीको रुपमा नेपाली समाजमा स्थापित क्रान्तिकारी तथा लडाकु पार्टी पंक्ति र हाम्रो पार्टीको आम लक्ष्यको रुपमा रहेको महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने वैज्ञानिक योजना र ठोस कार्यदिशालाई सफलतापूर्वक सफल पार्न कठिबध्द छ भन्ने यो एउटा प्रमाण हो भन्ने कुराको राम्रो अनुभूति मलाई भइरहेको छ।

 

 

 

यस हाम्रो पार्टीको आम पंक्ति र अन्य प्रदेशहरु , जिल्लाहरु , मातहतका समितिहरु , मोर्चा संगठनहरु र आम नेता तथा कार्यकर्ताहरुले अनुशरण गर्न र लागू गर्न लायक छ भन्ने अनुभूति हुनुका साथै विश्वस्त पनि छु।

 

 

 

हाम्रो प्रदेश स्तरीय पार्टी स्कुलिङ कार्यक्रम ५ दिनदेखि ७ दिनसम्म सञ्चालन गर्नुपर्ने कोर्ष ( पाठ्यक्रम बनेकोले यो ३ दिने भएकोले मालेमावादका महत्वपूर्ण शास्त्रीय रचनाको बारेमा र अन्य महत्वपूर्ण विषयहरुलाई स्कुलिङ गर्न सम्भव भएन , समयको ज्यादै महत्वपूर्ण विषयहरुमा हामीले अत्यन्तै मिहिनेतका साथ स्कुलिङ गरिएको थियो भन्ने हामीलाई लागिरहेको थियो ।

 

 

 

समापन समारोह कार्यक्रममा सहभागी कमरेडहरुबाट पनि अनुभूति दिने व्यवस्था मिलाइएको थियो , अनुभूति दिनुहुने कमरेडहरुले धेरै सकारात्मक अनुभूतिहरु प्रस्तुत गर्नु भएबाट पनि उक्त स्कुलिङ अत्यन्तै लाभदायक भएको पुष्टि भएको छ ।

 

 

लालपत्तामा सहभागी कमरेडहरुलाई स्कुलिङ गरिरहेको समयमा र त्यसपछि अहिले काठमाडौंमा फर्कि सकेपछि मलाई पार्टी स्कुलिङका विषयमा कमरेड माओले दिनुभएको अनुभूतिजन्य र शिक्षाप्रदका रुपमा दिनु भएको निर्देशनहरु सम्झना भइरहेको छ । कमरेड माओले अगाडि भन्नु हुन्छ ,

 

“हाम्रा पार्टी संगठनहरु अवश्य पनि देशभरी फिँजाउनु पर्दछ र हामीले निश्चित उद्श्येका साथ दसौं हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सबै नेताहरूलाई तालिम दिनु पर्छ ।

 

 

उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुण भएका , राजनीतिक रुपले दुर्दशी , काममा खुप सिपालु , त्यागको गहिरो भावनाले भरिएका , आफै अघि सरेर समस्याहरुसंग जुझ्न कुशलता भएका , अति अप्ठ्यारा अवस्थाहरुमा समेत विचलित नहुने , राष्ट्र , सर्वहारावर्ग र पार्टीको सेवा गर्ने बफादार र भक्त कार्यकर्ता र नेता हुनैपर्छ ।

 

 

 

यस्ता कार्यकर्ता र नेताहरुमा नै पार्टीले आफ्ना सदस्यहरु तथा जनतासितको सम्बन्धका निम्ति भर गर्छ र जनताको दृढ नेतृत्वको लागि उनीहरूमा भर परेर नै पार्टी शत्रुलाई पराजित गर्न सफल हुन्छ ।असल कार्यकर्ता बन्ने र बनाउने भनेको असल विचार अर्थात् क्रान्तिकारी विचार हो , मालेमावादी विचार हो ।

 

 

 

यस्ता कार्यकर्ता , नेताहरु स्वार्थीपनाबाट व्यक्तिवादी शुर्याई र आडम्बरबाट , आलश्य र उदासिनताबाट र आफ्नै कुरा माथि पार्ने गुटवादबाट मुक्त हुनुपर्छ र उनीहरूले अवश्य पनि निस्वार्थ भएर राष्ट्रिय तथा वर्गीय वीर योध्दा हुनुपर्छ , हाम्रो पार्टीका सदस्य , कार्यकर्ता , नेताहरुमा हुनुपर्ने गुणहरु र कार्यशैली यस्तै हुन् ।

 

 

– माओ त्सेतुङ, जापानी आक्रमण विरोधी राष्ट्रिय संयुक्त मोर्चाको निम्ति लाखौं जनसमुदायलाई आफूपट्टि तान ( मे ७, १९३७ ) ।

 

विश्वदृष्टिकोणविनाका, स्कुलिङ नगारइएको – नगरेका र मालेमावादका आधारभूत सिध्दान्तले लैस नभएका कार्यकर्ताको जतिसुकै ठूलो संख्या भए पनि क्रान्तिका निम्ति केही काम छैन ।

 

 

 

त्यसैले कमरेड माओले भन्नुभएको जस्ता नेता – कार्यकर्ता थोरै भएर क्रान्तिका लागि उनीहरू नै कामयावी हुन्छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमा धेरै र थोरै कार्यकर्ताहरु हुनुले खासै फरक पर्दै तर क्रान्तिकारी छन् कि छैनन् भन्ने कुरा मुख्य हो ।

 

मिति : १ माघ २०७८

बुढानिलकण्ठ नगरपालिका – २ , कल्पवृक्ष कोलोनी , काठमाडौं !