‘निन्द्रा लाग्दैन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं। भिडियो निर्देशनमा भर्सटायल छवि बनाएका निर्देशक माइकल चन्दले ‘निन्द्रा लाग्दैन’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

 

 

हरि क्रियशनको प्रस्तुतिमा तयार भएकोे यो गीतमा हरिप्रसाद गौतमको शब्द, सन्तोष रुचालकोे संगीत, रचना रिमाल र सन्तोष रुचालकोे स्वर छ ।

 

 

 

निर्देशक चन्दले भिडियोलाई डान्सिङ शैलीमा तयार पारेका छन् । यो गीतकोे भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपकोे नृत्य हेर्न सकिन्छ ।

 

 

शिलन लम्सालको सम्पादनमा तयार भएको भिडियोमा सागर पौडेलको छायांकन छ । भिडियोमा मोडल उषा उप्रेतीको नृत्य आकर्षक छ ।