सेयर बजार आज पनि घट्यो

काठमाडौं । सेयर बजार बुधबार पनि घट्यो । यसदिन सेयर बजार परिसूचक नेप्से ३८.३५ अंकले घटेर २८९८.३१ मा आइपुग्यो । अघिल्लो दिन पनि नेप्से १० अंकले घटेको थियो ।

 

 

सेयर बजार विश्लेषकहरु भने नेप्से घटेको नभई ‘करेक्सन’ भएको बताउँछन् । यसदिन कारोबार सुरुवाती समयदेखि नै बजार ओरालो लागेको थियो ।

 

 

कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से उच्च अंकले झरेको हो । जीवन बीमा समूह सबैभन्दा उच्च २२५ अंकले झर्‍यो ।

 

यस्तै, निर्जीवन बीमा समूह र उत्पादनमूलक समूहमा १००/१०० अंक बढीको गिरावट आयो भने वाणिज्य बैंक समूहमा पनि १४ अंकको गिरावट आयो ।

 

 

२२८ कम्पनीको एक करोड १८ लाख बराबर कित्ता सेयर ६ अर्ब २ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

 

यसदिन २० कम्पनीका सेयरधनीले कमाए । १६५ कम्पनीको सेयर मूल्य घट्यो भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।