काठमाडौं उपत्यकामा मात्र ६,९८१ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति ?

काठमाडौं। काठमाडौं उपत्यकामा मात्र ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।

 

 

पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।