आज नेपाली बजारमा सुनचाँदी तोलामा कति ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

 

 

 

यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ ।

 

 

चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।