‘तिम्रो याद’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं।अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक बिरेन रसाइलीको स्वर, सीडी विजय अधिकारीको संगीत, दिलिप घिमिरेकोे शब्द रहेकोे ‘तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ ।

 

 

 

म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी, अमिषा सुवेदीकोे अभिनय छ ।

 

 

उत्सव दाहालको छायांकन रहेको यो भिडियोेमा विकास दाहालको सम्पादन छ । प्रकाश धितालले यो भिडियोलाई निर्देशन गरेका हुन् ।