गोकर्णेश्वरबाट बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं। प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका – ३ घर भई गोकर्णेश्वर नगरपालिका- ३ बस्‍ने ४३ वर्षीय जितेन्द्र बहादुर रिजाल रहेका छन् ।

 

 

 

उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलाले रिजाललाई २ दिन कैद र १२ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।

 

 

 

महाराजगञ्जबाट खटिएको केन्द्रीय अनुसन्धान ब्‍यूरोले अभियुक्तलाई गोकर्णेश्‍वरको सुन्ताखान भन्‍ने स्थानबाट पक्राउ गरेको हो ।

 

 

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर एनआईसी एशिया बैंकको खाताबाट भुक्तान हुने गरी पीडितलाई चेक काटेर दिएका थिए।

 

 

 

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।