मेडिकल कलेजका संचालकलाइ तत्काल पक्राउ गरि विद्यार्थीको समस्या समाधान गर्न गृह र शिक्षा मन्त्रीसँग संयुक्त विद्यार्थी संगठनको जोडदार माग

काठमाडौं ।नेकपा (क्रान्तिकारी मओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी) सहित विभिन्न विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न सरकारका गृह मन्त्री तथा शिक्षा मन्त्रीलाइ भेटेर तत्काल समाधान गर्न जोडदार माग गरेका छन्।

 

 

 

त्यस्तै विद्यार्थी नेताहरूले मेडिकल कलेजका संचालक सुनिल शर्मालगायतकालाइ तत्काल पक्राउ गरि कार्बाही गर्न गृह तथा शिक्षामन्त्रीसँग माग गरेका छन्।

 

 

 

 बिद्यार्थी नेताहरूले सुनिल शर्माको दादागिरीबारे सरकारले टुलुटुलु हेरेर बसेकाे र उनलाइ सरकारले कानुनी दाहेरामा ल्याउन नसकेकाे समेत आरोप लगाउँदै उनलाइ पक्राउ गरि तत्काल कारबाही गर्न जाेडदार माग गरेका छन्।

 

 

 

त्यस्तै  सात विद्यार्थी संगठनले गृह र शिक्षा मन्त्रीसँगकाे भेट पछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीले सहज अध्ययन गर्न पाउने वातावरण बनाउन सरकारसँग माग समेत गरेका छन्।

 

संयुक्त विज्ञप्तिमा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली,समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरलगायतले हस्ताक्षर गरेका छन् ।