हुम्ला जिल्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

                                                                                                                   फाइल तस्वीर-

काठमाडौं। जिल्ला अस्पताल हुम्लाले आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ। एकैपटक अस्पतालका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि अस्पतालले सेवा बन्द गरेएको जनाएको छ।

 

 

स्वास्थ्य कार्यालय हुम्लाले आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको जनाएकाे छ। आकस्मिक बिरामी, प्रशूति सेवा, कोरोना परीक्षण र खोप लगाउने कार्य भने जारी रहने अस्पतालले जनाएकाे छ।

 

 

जिल्लामा खोपको मौज्दात राम्रो रहेकाले खोप अभियानमा कुनै असर नपर्ने अस्पतालले जनाएको छ। अस्पतालबाटै संक्रमण फैलन सक्ने देखिएपछि सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

 

 

 

अस्पतालका ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दिन २८ जनाको स्वाब परीक्षण गरिएको थियो भने जसमा नौ जनामा कोरोना संक्रममणा पुष्टि भएको थियो।