राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोगविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ।पार्टीको विधानबाट ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ झिक्न आयोगले दिएको निर्देशनबारे छलफल गर्न बसेको पदाधिकारी बैठकले कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो।

 

 

 

आयोगले राप्रपालाई सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र हटाउन दिएको निर्देशन संविधानको भावना विपरीत रहेको ठहरसमेत आयोगले गरेको छ।

 

 

 

 

राप्रपाठले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धि ऐन २०७३ अनुकुल हुने गरी उल्लेख गर्नुहुन भनि पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ।

 

 

 

त्यस्तै झण्डाबाट गाई हटाउन दिएको निर्देशन पनि मान्य नहुने राप्रपाको निर्णय छ। उसले यसअघि आफूले प्रयोग गर्दै आएको चिन्ह हटाउन नसक्ने महामन्त्री भुवन पाठकले प्रष्ट पारेका छन्।

 

 

 

उनले भनेका छन्, ‘राप्रपाको कण्डामा र राप्रपाको चुनाव चिन्हको रुपमा समेत प्रयोग भई स्थानिय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा समेत निर्वाचित भएको सन्दर्भमा आयोगको निर्देशन पुर्वाग्रही देखिएको राप्रपाको ठहर छ।

 

 

 

आयोगले सात दिनभित्र जवाफ दिन भने पनि राप्रपाको पदाधिकारी बैठकले उपयुक्त समयमा जवाफ दिने निर्णय गरेको छ।