पर्यटनमन्त्री प्रेमबहादुर आले कोरोना संक्रमण मुक्त

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना संक्रमण मुक्त भएका छन् ।

 

 

 

मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

 

 

 

यसअघि पनि कोरोना संक्रमण भएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गरेका छन् ।