आज मिति २०७८ साल माघ १० गते सोमबार ‘शिव‘भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ- भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

 

 

 

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो- अध्ययन तथा अध्यापनमा सफलता हात लाग्ने हुँनाले घर परिवार तथा आफन्त जनहरु खुसि हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावली पक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् । खर्च बढेपनि राम्रा कामहरु गर्न सकिनेछ ।

 

 

 

 

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

 

 

 

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो- बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । महत्वपूर्ण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । बिहानको समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

 

 

 

 

सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे- छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।

 

 

 

 

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो- आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ ।

 

 

 

 

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते- अध्ययन तथा अनुशन्धानको क्षेत्रमाा दिईएको समयबाट भनेजस्तो नतिजा नआउने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

 

 

 

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू- गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्ती योग रहेकोछ ।

 

 

 

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे- आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

 

 

 

 

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी- नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

 

 

 

 

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा- धार्मिक तथा शैक्षिक यात्रा गर्ने पर्याप्त सम्भावना भएपनि बिभिन्न कारणले स्थगित हुनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने समय रहेकोछ । आफन्त तथा स्टमित्र सँग सन्तुलित व्यावहार गर्नुहोला घरायसि कुरामा राय बाजिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

 

 

 

 

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची- समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाईहरु जनमानसमा लैजान सकिनेछ ।