विप्लवको मिसन स्थानीय तहमा वडा अध्यक्ष र सचिवलाई दले कालोमोसो

 काठमाडौं।विप्लवको मिसन स्थानीय तहमा देखिन थालेको छ। विप्लव नेतृत्वको नेकपा पार्टी निकट अखिल (क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालाेमोसो दलेका छन् ।

 

 

 

वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अखिल (क्रान्तिकारी)द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

 

 

 

 अखिल (क्रान्तिकारी) सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको संगठनले दाबी गरेको छ ।