सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा ओमिक्रोन पुष्टि

धनगढी । पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा देखिएको छ ।

 

 

कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन पुष्टि भएको हो ।

 

 

कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एक-एक जनामा ओकिक्रोन पुष्टि भएको बताइएको छ । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका हुन् ।

अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ ।