नेपालमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि,थप ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।
त्यस्तै पछिल्लाे २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।