मन्त्रीका पिएसओ मृत फेला
काठमाडौं। धनगढीमा एकजना प्रहरी हवल्दार मृत फेला परेका छन्। बुधबार धनगढी वडा नम्बर ३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा प्रहरी हवल्दार रमेश दत्त जोशी मृत फेला परेका हुन् ।
जोशी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ समेत हुन् ।
बुधबार धनगढी वडा नम्बर ३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशी बताए । घटनाको अनुसन्धान भइरहेको उनले बताए।