पेट्रोलियम पदार्थको मृल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वका जनवर्गीय संगठनहरूले गरे चक्काजाम

काठमाडौं। विप्लव नेतृत्वको नेकपा निकटका संयुक्त जनवर्गीय संगठनले सरकारविरुद्ध काठमाडौंमा चक्काजाम गरेका छन्।

 

 

 

आइतबार बिहान सरकारले पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको भन्दै संगठनमा आवद्ध कार्यकर्ताहरुले १ घण्टा चक्काजाम गरेको हुन्।

 

 

 

 

पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुले माग गरेका छन्।

 

 

 

महँगीले सर्वसाधारणको दैनिकी कष्टकर भएको भन्दै सबैखाले महँगी नियन्त्रण गर्न कार्यकर्ताहरुले माग गरेर चक्काजाम गरेको हुन्।