अपहरणमा परेको नाटक गर्ने पक्राउ

काठमाडौं।दाङमा अपहरण भएको भन्दै झुट्ठो हल्ला फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

 

आफुलाई अपरण गरेको भनेर झुट्ठो खबर प्रहरीलाई दिएर भ्रममा पारेको आरोपमा कालिमाटी गाउँपालिका–४ निवासी ४० वर्षका खिमबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

तुलसीपुर स्थित एक होटलमा चार जना व्यक्तिले मदिरा सेवन गरेर आफुलाई जंगलमा अपहरण गरेर राखेको भन्दै वलीलाई प्रहरीलाई फोन गरेका थिए ।

 

 

 

फोन गरेर गलत सूचना दिएको पाईएपछी वलीलाई तुलसीपुर उपमहानगरपालिका–४ दमारगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

 

 

वलीले किन आफू अपहरणमा परेको गलत सूचना दिए भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।