एमसीसीको विरोधमा पक्राउ परेका बसन्त बोगटी र सुनिता बुढाथोकीलगायतलाइ अविलम्ब र निशर्त रिहाइ गर्न क्रान्तिकारी माओवादीका महासचिव किरणव्दारा जोडदार माग
काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ दल र २ मार्चाले फागुन ८ गते राष्ट्रघाती एमसीसी खारेजीको माग गर्ने क्रममा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरूलाइ तत्काल रिहाइ गर्न माग गरिएको छ।
एमसीसीको विरोधमा नेपाल बन्दका कार्यक्रममा गिरफ्तार गरिएका केन्द्रीय सदस्य बसन्त बोगटी र ३ नं. प्रदेश सदस्य क सुनिता बुढाथोकीलाई तत्काल रिहा गर्न माग गरिएको छ।
सो पार्टीले आफ्ना नेताहरूलाइ गिरफ्तार गरि कथित अभद्र व्यवहारको झुट्टा मुद्दा लगाई देउवा नेतृत्वको गठबन्धन सरकारले उहाँहरुलाई हिरासतमा राखेर आफ्नो असली रूप देखाएको छ।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन वैद्य किरणव्दारा बसन्त बोगटी र सुनिता बुढाथोकी लगायतमाथिको झुट्टा मुद्दा खारेजी गरी अविलम्ब एवम् निशर्त रिहा गर्न जोडदार माग गर्दै प्रेस—वक्तव्य प्रकाशित गर्नु भएको छ,
जसको पूर्ण पाठ तल दिइएकोछः-