संघर्षकै रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ६ दल निकट महिला संगठनहरु संयुक्तरूपमा मनाउँदै

काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ दल निकट महिला संगठनहरुले देशैभर संघर्षकै रुपमा आठ मार्चा अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेका छन्।

 

 

 

‘संसारका उत्पीडित तथा मुक्तिकामी महिलाहरु एक होऔं, स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त संघर्ष गरौं’ भन्ने मूल नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने तयारी गरेको हो ।

 

 

 

 

नेकपा (क्रान्तिकारी माओवादी)निकट अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीका अनुसार मंगलबार काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा दिनको १२ बजे जम्मा भई ब्यानर र झण्डा लिएर नारा जुलुससहित नगरपरिक्रममा गर्ने र पुनः शान्तिबाटिकामा पुगेर विरोधसभाको आयोजना गरिने छ ।