मोटरसाइकलको ठक्करबाट प्रहरी हबल्दारको मुत्यु,जवान घाइते

दाङ । बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरी हबल्दारको मुत्यु भएको छ । एकजना प्रहरी जवान घाइते भएका छन् ।

 

 

 

नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा सोमबार राति आठ बजे मोटरसाइकलले ठक्कर दिंदा प्रहरी हबल्दार भुपेन्द्र शाहीको मृत्यु भएको हो ।

 

 

 

सो दुर्घटनामा प्रहरी जवान नरेश चौधरी र मोटरसाइकल चालक सन्तोष बमसिंह ठकुरी घाइते भएका छन् ।

 

 

 

 

मोटरसाइकल चेकिङमा खटिएका प्रहरी हबल्दार शाही र चौधरीलाई ठकुरीले चलाएको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए ।

 

 

मोटरसाइकल चालक ठकुरी र प्रहरी जवान चौधरीको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।