क्रान्तिकारी माओवादीसहित ६ पार्टी र २ मोर्चा सम्वद्ध संयुक्त विद्यार्थी संगठनहरूले गरे एमसीसीविरूद्ध विरोध प्रदर्शन (फोटोफिचर)
काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ पार्टी र २ मोर्चा सम्वद्ध संयुक्त विद्यार्थी संगठनहरूले एमसीसीविरूद्ध विरोध प्रदर्शन गरेका छन्।
संयुक्त विद्यार्थी संगठनहरूले शान्तिबाटिकाबाट र्याली सुरू गरेर भक्तपुर बसपार्क,बागबजार, पुतलिसडक,न्यूप्लाजा हुँदै प्रदर्शनीमार्गमा पुगेर कोणसभा गरेका थियो।
कार्यक्रमलाइ अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सम्बोधन गर्ने क्रममा उनले एमसीसी नेपाली जनताले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने उल्लेख गरेकी छन्।
उनले अब हरेक विद्यार्थी एटम बम भएर पट्किने बेला आएको उल्लेख गरेकी छन्। त्यस्तै एमसीसीको कुरा मात्र नभएर अब शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको बारे पनि सबै विद्यार्थी संगठनहरू एक भएर अगाडी बढ्ने बेला आएको उपाध्यक्ष न्यौपानेले बताएकी छन्।
उक्त कार्यक्रमकलाइ संयुक्त विद्यार्थी संगठनका नेताहरूले सम्बोधन गरेका थिए।
सो कार्यक्रम ६ पार्टी र २ मोर्चाले घोषणा गरे अनरूप विद्यार्थी संगठनहरूले पनि एमसीसीको विरोध गरि रहेका छन्।