क्रान्तिकारी माओवादीसहित ६ कम्युनिस्ट पार्टी सम्वद्ध दलित संगठनहरूले गरे एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चा सम्वद्ध दलित संगठनहरूले एमसीसी पारित गरिएको विरोधमा प्रदर्शन गरेका छन्।

 

 

 

संसदबाट एमसीसी अनुमोदन भएपछि चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरु सम्वद्ध संगठनहरूले आज काठमाडौंको शान्तिवाटिकामा कोणसभाको आयोजना गरेका हुन।

 

 

 

नेकपा क्रान्तिकारी माओवादी, नेकपा, नेकपा मसाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एमसीसी सम्झौताविरुद्ध छन्।