चैत २० देखि २४ गतेसम्म ‘मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ’ प्रतियोगिता हुने

काठमाडौं । नेशनल किक बक्सिङ एशोसियसन नेपालको आयोजनामा चैत २० देखि २४ गतेसम्म काठमाडौंमा मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।

 

 

आइतबार पत्रकार सम्मेलन गर्दै किक बक्सिङ एशोसियसनले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

 

 

 

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा २ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

 

प्रतियोगितामा फूलकन्ट्याक्ट महिलारपुरुष, स्कोरीङ फाइट महिला÷पुरुष तथा लाइट कन्ट्याक्ट महिला÷पुरुषमा प्रतिस्पर्धा हुनेछ ।

 

 

प्रतियोगिताका लागि निरीक्षण गर्न लागि अन्तर्राष्ट्रियका पदाधिकारीहरु नेपाल आउने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न १० लाख ५० हजार बढी खर्च लाग्ने आयोजकले जनाएको छ ।