अब चुनाब रोज्यो !
प्रकासित मिति : १४ चैत्र २०७८, सोमबार
प्रकासित समय : ०८:४५

-जगदिशचन्द्र भण्डारी-:
अब चुनाब रोज्यो !
गाउँ छोड्यो
सहर रोज्यो
झिलिमिलि झिलिमिलिमै
क्रान्तिका सपना मा-यो
जनवाद समाजवादका
जपना जप्न छाड्यो
अरु त अरु
वर्ग वर्गसंघर्ष अनि
मानवतावादको के कुरा
दुस्मन मित्र मित्र दुस्मन
केके मान्न थाल्यो
चुनावी दलाली रङ्गमा
आफुलाई रङ्गायो
ओ ! बेहोसी मनुवा
बिउँझने बेला भो
दुस्मनलाई फेरि
ठोक्ने बेला भो !