क्रान्तिकारी माओवादी प्रदेश १ ले कथित स्थानीय तहको निर्वाचन सशक्त बहिष्कार गर्ने

अप्सरा बानियाँ-

धनकुटा। नेकपा(क्रान्तिकारी माओवादी) १ नम्बर प्रदेश कमिटिले पार्टीले लिएको स्थानीय तहको निर्वाचन बहिष्कारको नीतिलाई प्रभावकारी ढंगले कार्यान्वन गर्ने निर्णय गरेको छ ।

 

 

धनकुटा जिल्लाको बाख्रिबास नगरपालिका ३ मा तीन दिनसम्म बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले आउदो वैशाख ३० गते तोकेको कथित स्थानीय तहको निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने निणर्य गरेको हो ।

 

 

नेकपा (क्रान्तिकारी माओवादी)को फागुन २५ देखि ३० सम्म बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । सोहि निर्णयलाई प्रदेश कमिटिले प्रभावकारी रुपमा कार्यान्वन गर्ने गरेको हो ।

 

 

 

बैठकले बहिष्कार आन्दोलनलाई सशक्त बनाउन प्रचार प्रसार ,भितेलेखन पम्प्लेट तथा व्यानगर टाँस्ने लगायतको काम गर्दै यहि वैशाख ९ गते प्रदेश नम्बर १ को राजधानीसमेत रहेको विराटनगरमा जनसभा गर्ने निर्णय गरेको छ ।

 

 

 

 

उक्त बैठकले प्रदेश अन्तर्गत रहेका केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गर्दै सूचना,सञ्चार तथा प्रकाशन विभाग, आर्थिक विभाग लगायतका आवश्यकीय विभागहरुको जिम्मेवारी पनि तोकेको छ ।

 

 

 


बैठकमा प्रमुख अतिथि रहनुभएका पार्टीका स्थायी कमिटि सदस्य प्रतिकले संसदीय व्यवस्थाले जनताका सुधारको काम समेत नगर्ने भन्दै त्यो व्यस्थाबाट क्रान्ति र समाजवाद नआउने भएकाले चुनाव बहिष्कार नै क्रान्तिकारी कदम भएको बताउनु भयो ।

 

 

 

 

उहाँले संसदीय व्यवस्थाले राष्ट्रियता समेत जोगाउन नसकेकाले यो व्यवस्था पुर्णरुपमा असफल भैसकेको स्पष्ट पार्नु भायो ।

 

 

 

 

उहाँले यो व्यवस्थाबाट नेपाली जनता आजित भैसकेकाले निर्वाचनका लागि कोहि पनि तयार नरहेको र केहि भोट हाल्न गएपनि मनदेखि रुचाएर नजाने बताउनु भयो।

 

 

 

 

बैठकको अध्यक्षता तथा सञ्चालन प्रदेश सेक्रेटरी उदयले गर्नु भएको थियो ।बैठक सकिए लगत्तै स्थानीय निर्वाचन बहिस्कारसम्बन्धी नाराहरु लेखिएका प्लेकार्डसहित विरोध प्रदर्शन समेत गरिएको थियो ।