मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

साैकेतिक तस्वीर

काठमाडौं। वीरगंज महानगरपालिका-२७ बस्ने २४ वर्षीय मुन्ना अन्सारीको प्रदेश २-०३-००२ प ५९३७ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१८ ठेगाना भएका ३४ वर्षीय कमल गिरी, चितवन भरतपुर महानगरपालिका-१५ ठेगाना भएका १९ वर्षीय निशान थापा र पर्सा वीरगंज महानगरपालिका-१५ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।

 

 

 

वीरगंज महानगरपालिका-१६ बसपार्कस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थाबाट ग्यारेजको ताल्चा फुटाई उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उनीहरूलाई ग्यारेज नजिकबाट मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

 

 

उनीहरू उपर चोरी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।