त्रिकोणात्मक टी–ट्वान्टी सिरिज: मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको छ । सिरिजको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

 

 

 

 

त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो ।

 

 

 

मलेसियाका भीरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे ।

 

 

 

 

कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट लिए । कुशल भुर्तेलले आआफ्नो टी–ट्वान्टी अन्तर्राष्ट्रीय करियरमा पहिलो बलको पहिलो विकेट लिन सफल भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनायो ।

 

 

 

दीपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठूलो स्कोर बनाएको थियो ।

 

 

 

दीपेन्द्रले अविजित रहदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।

 

 

 

टी–ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पुरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो ।

 

 

 

यस्तै दीपेन्द्र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

 

 

 

सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानबाट फाइनल पुगेको छ । अब नेपालले फाइनल खेल पपुवा न्यूगिनी (पीएनजी)सँग सोमबार खेल्दैछ ।