त्रिकोणात्मक टि २० क्रिकेट : उपाधिका लागि आज नेपालले पिएनजीको सामना गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा आज नेपालले पपुवा न्यूगिनी (पिएनजी)को सामना गर्दैछ ।

 

 

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेलसँगै उपाधि जित्ने नेपालको लक्ष्य हुनेछ । श्रृंखलामा पिएनजीमाथि लगातार दुई जित हात पारेको नेपाल सोमबार पनि सोही लय दोहोर्याउन चाहन्छ।

 

 

 

 

पिएनजी भने टि-२० सिरिज अघिको एक दिवसीय श्रृंखलामा जस्तै नेपाललाई उसैको भुमीमा स्तब्ध बनाउँदै उपाधि हत्याउने अभियानमा छ।

 

 

 

 

सोमबारको खेल जितेको खण्डमा नेपालले टी-२० अन्तर्राष्ट्रियमा लगातार ६ खेल जित्नेछ । गत महिना ओमानमा भएको टी-२० विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेको नेपालले घरेलु मैदानमा जारी सिरिजमा चार खेल जित्दै पहिलो पटक लगातार पाँच खेल जित्न सफल भएको छ ।

 

 

 

 

त्यसैले सोमबारको खेल नेपालको लागि उपाधि जित्ने अवसर सँगसँगै टि-२० मा आफ्नो नयाँ किर्तीमान राख्ने अवसर समेत बन्न सक्नेछ ।