१३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

काठमाडौं । इण्डोनेसियाको एक मदरसामा अध्ययनरत् १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ।

 

 

 

सन् २०१६ देखि २०२१ को अवधिमा हेरी विरावन नामका शिक्षकले १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको र ती मध्ये आठ जना गर्भवती भएको ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला गरेको हो ।

 

 

 

 

पश्चिम जाभाको बाडुङ्गस्थित अदालतले गत फेब्रुअरीमा ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएकोमा पीडित पक्षले मृत्युदण्डको माग गर्दै अपिल गरेका थिए ।

 

 

 

 

गत उक्त अदालतले सोमबार शिक्षक विरावन विरुद्ध मृत्युदण्डको सजाय सुनाएको हो । तर, त्यहाँको मानवअधिकार आयोगले भने मृत्युदण्डको सजायको विरोध गरेको छ ।

 

 

 

 

यो घटना सार्वजनिक भएपछि इण्डोनेसियका मदरसाहरुमा छात्राहरुको सुरक्षाको विषय निकै खड्किएको छ । इण्डोनेसियामा हजारौंको संख्यामा इस्लामिक स्कूलहरुको रहेका छन् । यस्ता स्कुलहरुमा गरीब विद्यार्थीहरु पढ्ने गर्दछन् ।