जुवातास खेलिरहेका ५ जना पक्राउ

फाइल तस्वीर

काठमाडौं। कोहलपुर नगरपालिका -११ बसपार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

 

 

 

 

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।