गुन्डा नाइके: मन्त्री दीपक मनाङ्गेले कुटे कर्मचारी

काठमाडौं। गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै एक कर्मचारीमाथि हातपात गरेका छन् ।

 

 

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका बेलामा मन्त्री मनाङेले शाखा अधिकृत प्रकाश ओझामाथि मंगलबार हातपात गरेका हुन् ।

 

 

निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढ्दै गएपछि हातपात भएको स्रोतको बतायो।

 

 

 

कुटिएका ओझाले आफू अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।