क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले निर्वाचन बहिष्कार र संगठन विस्तार अभियान तिब्र बनाउँदै

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले स्थानीय निर्वाचन बहिष्कार अभियान सश्क्त बनाउँदै गएको छ।

 

विभिन्न जिल्लामा रहेका शैक्षिक संस्थाहरूमा संगठन विस्तारको कार्यक्रम तिब्र रूपले अगाडि बढेको छ ।

 

 

त्यस्तै दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अन्तर्गत पहिलो र दोस्रो सेमेष्टरका विद्यार्थीहरूको संगठन विस्तार गर्ने क्रममा टीका आचार्यको अध्यक्षतामा २१ सदस्यिय कमिटी गठन गरिएको छ।

त्यस्तै बर्दघाट ९ भुताहास्थित राजा महात्मा पुर्ण भद्र माविमा बिक्रम क्षेत्रीको अध्यक्षतामा ओम प्रकाश हरिजन उपाध्यक्ष , यम कुमारी थारु सचिव , फेकु हरिजन सहसचिव , आस्मा चौधरी कोषाध्यक्ष र कोपिला चौधरी लगायत सदस्य रहेको सात सदस्सीय ईकाई गठन गरिएको केँन्द्रीय सदस्य थापाले जानकारी दिनुभयो