सिन्धुली जिल्लामा क्रान्तिकारी माओवादीको ३३ औं जनआन्दोलन दिवस भव्यरूपमा सम्पन्न

सिन्धुली।क्रान्तिकारी माओवादीको सिन्धुली जिल्ला समितिको आयोजनामा ३३ औं जनआन्दोलन दिवस भव्यरूपमा सम्पन्न गरिएको छ।

 

 

उक्त कार्यक्रम नाराजुलुस प्रदर्शन गरि लोकतान्त्रिक चौतारीमा कोणसभा गरेर कार्यक्रम सम्पन्न गरिएको छ।

 

 

कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एबम् जिल्ला ईन्चार्ज जिवनले जनआन्दोलन दिवसको अवसरमा चैत २४ २०४६को संस्मरण गराउँदै संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको निर्णयअनुसार राष्ट्रिय स्वाधीनताको रक्षाको लागि र जनतन्त्र, जनजीबिका र,असमान सन्धि खारेज गर्न संघर्ष गर्न अघि बढ्नु पर्ने बताए।