च्याउले एक अर्कामा कुराकानी गर्न सक्ने खुलासा,५० वटा शब्दकोष भएको वैज्ञानिकको दाबी

एजेन्सी। वैज्ञानिकले च्याउले समेत एक अर्कामा कुराकानी गर्न सक्ने खुलासा गरेका छन् । बेलायती वैज्ञानिकहरूले यस्तो खुलासा गरेका हुन्।

 

 

 

युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्डका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट च्याउनले समेत एक अर्कामा कुराकानी गर्न सक्ने तथ्य पत्ता लागेको हो।

 

 

 

यतिमात्र होइन च्याउसँग ५० वटा शब्दको शब्दकोष पनि हुने दाबी वैज्ञानिकहरूको छ ।

 

 

वास्तवमा यस्तो कुरा पत्याउनै गाह्रो लाग्ला तर प्राध्यापक एन्ड्रयू एडमाट्ज्कीले विभिन्न ४ वटा च्याउका प्रजातिमा गरेको अनुसन्धानबाट यो पुष्टि भएको हो।

 

 

 

 

उनले च्याउका ४ प्रजातिको विद्युतीय क्रियाकलापका बारेमा अध्ययन गरेका थिए ।

 

 

ती चार प्रजातिमा एनोकी, स्प्लिट गिल, घोस्ट र क्याटरपिलर फंगी हुन् । शोधकर्ताका अनुसार च्याउको विद्युतीय तरंग मानिसको भाषाजस्तै हुने गर्दछ ।

 

 

 

 

रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित उक्त शोध प्रतिवेदन अनुसार च्याउको शब्दकोषमा कुल ५० शब्द हुन्छन् र तिनै शब्दको प्रयोग गरेर च्याउहरू आपसमा संवाद गर्दछन् ।

 

 

 

वैज्ञानिकका अनुसार च्याउले एक आपसमा मौसम तथा आसन्न खतराहरूका बारेमा कुराकानी गर्दछन् ।