बिराटनगरमा लागुऔषध सहित २ जना पक्राउ

साैकेतिक तस्वीर

काठमाडौं। बिराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रित लागुऔषध नाईट्रोसन ६० ट्याब्लेट र डाईलेक्स डिसि ४ बोतल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय आकाश सुन्दास र सोही उपमहानगरपालिका-१५ बस्ने ३८ वर्षीय मिलन लिम्बु रहेका छन् ।

 

 

 

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४८ प ३९७५ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।