मालपोत कार्यालय जनकपुरका प्रमुख पाँच लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं ।मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख सुनील झा ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।

 

 

आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

 

 

 

जनकपुरधामस्थित भानु चोकबाट सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गरिएको छ ।

 

 

 

जग्गासम्बन्धी काम मिलाइ दिने भन्दै झाले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।