देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि,थप ४६ जना संक्रमणमुक्त

काठमाडौं । देशभर थप २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार १ सय ४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको हो ।

 

 

 

संक्रमणकै कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।सोही समयमा थप ४६ जना निको भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६८ पुगेको छ ।

 

 

 

 

पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३ सय ५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।