निर्वाचन आयोगले सोध्यो एकीकृत समाजवादीलाई तीन दिने स्पष्टिकरण

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचन आयोगले तीन दिने स्पष्टिकरण सोधेको छ ।

 

चैत २६ गते भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने गुनासोका आधारमा तीन दिनभित्र जवाफ पेश गर्न आयोगले एकीकृत समाजवादीलाई स्पष्टिकरण सोधेको हो ।

 

 

‘आचारसंहिता उल्लंघनको सन्र्दभमा के कसो भएको हो तीन दिनभित्र आधार प्रमाणसपहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ,’ सोमबार गरिएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो ।

 

 

 

 

यस्तै, आयोगले नेपाली कांग्रेसका नेता एवं सांसद डा.शशांका कोइरालालाई पनि स्पष्टिकरण सोधेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा आफूले चुनाव लड्दा ६ करोड खर्च भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएसँगै आयोगले उहाँलाइ स्पष्टिकरण सोधेको हो ।

 

 

 

 

२०७४ सालको संघीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यले अधिकतम् २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था थियो । सोहीअनुसार डा. कोइारालाले आफूले २१ लाख रुपैयाँ खर्च गरेको भन्दै आयोगमा विवरण बुझाउनुभएको थियो ।

 

 

 

आयोगलले डा.कोइरालालाई सात दिनभित्र उपयुक्त र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको छ ।