निर्वाचन आयोगले आजदेखि अभिमुखीकरण तालिम संचालन गर्दै

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खटिने निर्वाचन अधिकृत तथा जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि आज (मंगलबार) देखि अभिमुखीकरण तालिम संचालन गर्दै छ।

 

 

 

आयोगले वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा अभिमुखीकरण तालिम दिन लागेको हो।

 

 

तालिममा ७ सय ५३ जना निर्वाचन अधिकृत तथा ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुख सहभागी हुनेछन्।

 

 

 

सो तालिमको उद्घाटनको लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया प्रदेश-१ मा पुग्नुभएको छ।

 

 

 

त्यस्तै, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन २०७९ वैशाख १ गतेदेखि दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ समेत प्रकाशन गर्ने जनाएको छ ।